इङल्याण्डलाइ हराउदै अष्ट्रेलिया यु-१९ विश्वकपको सेमिफाइनलमा

अन्डर नाइन्टिन विश्वकप क्रिकेट अन्तर्गत इग्ल्याण्डलाई ३१ रनले हराउदै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुर्व च्याम्पियन अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३३ ओभर तीन बलमा एक सय २७ रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान जेसोन साङघाले ५८ तथा म्याक्स ब्रायन्टले १६ रनको योगदान गरे । यस्तै इभान्सले १२ तथा म्यास्वेनेले १० रन जोडे ।

जवाफमा इग्ल्याण्ड २३ ओभर चार बलमा मात्र ९६ रनमा अलआउट भयो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । इग्ल्याण्डका लागि टोम बान्टोनले ५८ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । इग्ल्याण्डलाई कम स्कोरमा रोक्न लोइड पोपले आठ विकेट लिए । अन्डर नाइन्टिन विश्वकपमा एकै इनिङमा धरै विकेट लिने खेलाडीमा उनि तेस्रो स्थानमा छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest