स्थिम भन्छन विराट लामो समय कप्तानमा टिक्दैनन्

दक्षिण अफ्रिकाका सफल कप्तान ग्रेम स्मिथले भारतीय खेलाडी बिराट कोहली लामो समय कप्तानको भुमिकामा रहनेमा शंका गरेका छन् ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाकै सर्वाधिक सफल कप्तान स्मिथले कोहलीमा आफ्ना खेलाडीबाट उत्कृष्टता निकाल्न सक्ने क्षमतामा प्रश्न उठाएका हुन । क्रिक इन्फोले जनाए अनुसार स्मिथले विराटका बारेमा बोल्दै भने जब म बिराटलाई हेर्छु, मलाई लाग्छ उनिमाथि टिम भित्र एक सपोर्ट स्टाफ चाहिन्छ जसले रचनात्मक चुनौति दिदै उनलाई अघि बढ्न मद्दत गर्न सक्छ। उनी आफ्नो खेल राम्ररी बुझ्छन्, तर उनको बातावरणमा एक यस्ता रचनात्मक मान्छेको आवश्यकता छ जसले उनीसंग कुरा गर्छन, सोच्न बाध्य बनाउनेछन् ।

दक्षिण अफ्रिकाबिरुद्धको तीन टेस्टको श्रंखला एक खेल बाकी छदैं भारतले २–० ले गुमाउदां स्मिथको यस्तो अभिब्यक्ति आएको हो । निकै आक्रमक कप्तान मानिने कोहली भारतको लागि ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्न सकेपनि टोलीलाई जित दिलाउन भने सकिरहेका छैनन् । पहिलो दुई टेस्टको दौरान कोहली अम्पायरसंग बादबिवाद गरेको कारण म्याच फि जरिवानमा परिसकेका छन् भने एक दक्षिण अफ्रिकी पत्रकार बिरुद्ध पनि प्रतिप्रश्न गर्दै खनिएका थिए । जसका कारण उनि निकै आलोचित बनेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest