दक्षिण अफ्रिकालाइ हराउदै पाकिस्तान सेमिफाइनलमा

पुर्व च्याम्पियन पाकिस्तान अन्डर नाइन्टिन विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउदै पाकिस्तानले अन्तिम चारको स्थान पक्का गरेको हो ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ८९ रन बनायो । उसका लागि वान्डील माक्वेतुले ६० रन बनाउदा निमान्डले ३६ रनको योगदान गरे । बलिङ तर्फ पाकिस्तानका लागि मुहम्मद मुसाले तीन तथा साहिन साह अफ्रिदीले दुई विकेट लिए ।

जवाफमा पाकिस्तानले ४७ ओभर पाच बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । पाकिस्तानको जितमा अलि आसिफले ७४ तथा साद खानले २६ र रोहिल नाजिरले २३ रनको योगदान गरे । हारपछि दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरीएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest