आइसीसीको टोलि शनिबार फेरी नेपाल आउने

नेपाली क्रिकेटको विवाद समाधान कसरी गर्न सकिन्छ भनेर फेरी एकपटक आइसीसीको उच्चस्तरीए टोली शनिबार नेपाल आउने भएको छ ।

आइसीसीको यहि फेब्रेवरीमा हुने बोर्ड मिटिङमा यसपटक नेपालको निलम्बनका बारेमा निर्णय हुने विश्वास गरिएको छ । नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन भएको लामो समय भयतापनी निलम्बन हटाउने काम प्रभावकारी हुन सकेको छैन । विवाद समाधानका लागि आइसीसीले सल्लाहकार समिती बनायो, समितिले लामो उताचढाव पछि क्यानको बिधान सम्सोधन गर्यो, क्यानले उक्त बिधानका २७ बुदाहरुमा परिवर्तन गर्दै पारित गर्यो तर हुवहु हुन सकेन ।

पछिल्लो दुइ बर्षमा के के भयो नेपाल क्रिकेटमा

२०७१ मंसिर : गाइडलाइन नमानेको भनी आईसीसी र एसीसीद्वारा नेपाललाई दिँदै आएको सबै फन्ड रोक्का
२०७२ कात्तिक : क्यानले कात्तिक २० र २१ गते गर्न लागेको चुनावी साधारण सभा प्रक्रिया नपुर्याकएको भनी राखेपद्वारा रोक्का ।
२०७२ मंसिर : आङबुहाङद्वारा क्यानको साधारण सभा रोक्न राखेप समक्ष निवेदन ।
२०७२ मंसिर २८ र २९ : राखेपको निर्देशन विपरीत क्यानको चुनावी साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित । आफ्नो निर्देशन नमानेको भनी राखेपद्वारा त्यसलाई मान्यता दिन अस्वीकार ।
२०७२ पुस १८ : राखेपद्वारा रमेश सिलवालको अध्यक्षमा तदर्थ समिति बनाउँदै समानान्तर क्यान गठन । त्यस विरुद्व निर्वाचित क्यानद्वारा सर्वोच्चमा रिट दायर । फैसला हुन बाँकि ।
२०७३ वैशाख १३ : नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन ।
२०७३ भदौ १९ : निकासका लागि ICC ले छलफल गरी ६ सदस्यीय सल्लाहकार समिति गठन । सल्लाहकार समितिलाई विधान बनाउने जिम्मेवारी ।
२०७३ फागुन ७ : सल्लाहकार समितिमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्यारल समावेश ।
२०७४ साउन १० : आईसीसी उपाध्यक्ष इमरान ख्वाजा सम्मिलित सल्लाहकार समितिको बैठकले प्रस्तावित विधान १ महिनाभित्र क्यानको साधारण सभाबाट पारित गर्न समयसीमा ।
२०७४ भदौ ६ : निर्वाचित क्यानको साधारण सभाद्वारा सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान संशोधन । संशोधित विधान राखेप र खेलुकद मन्त्रालयमा पारित गर्न पठाई त्यसलाई आईसीसीमा बुझाउने निर्णय ।
२०७४ भदौ २६: राखेप बाट पारित सम्सोधित बिधान पारित, CAN ले जिल्लाहरुको नया निर्वाचन गर्ने तयारी
२०७४ कार्तिक पहिलो हप्ता : जिल्ला क्रीकेट संघहरुको निर्वाचन
क्रिकेटहिमालयमा आधारीत भएर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest