डिपिएल २, टिम र मार्की खेलाडी सार्वजनिक को को हुन जानौ

धनगढी प्रिमियर लिग डीपिएलमा सहभागि टिमका साथै रणनितिक खेलाडी सार्वजनिक गरिएको छ । जसमा यसपटक रणनितीक खेलाडीमा भने परिवर्तन गरिएको छ ।

पहिलो संस्करणमा जस्तै प्राय सबै टिम उहि रहेका छन । कञ्चनपुर आइकोनिकको नाम परिवर्तन गरि महेन्द्रनगर युनाइटेड राखिएको छ। त्यसबाहेक गत संस्करण कै काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रुपेन्देही च्यालेन्जर्स रहेका छन्। काठमाडौं गोल्डन्सको रणनितीक खेलाडीमा ज्ञानेन्द्र मल्ल रहेका छन । अघिल्लो सस्करणमा उनले अत्तरीयाको कप्तानी गरेका थिए । यस्तै विराटनगर किंग्सले रणनितीक खेलाडीका रुपमा पारस खड्कालाइ लिएको छ । अघिल्लो सस्करणमा विराटनगरको कप्तानी शरद भेषवाकरले गरेका थिए ।

यसपटक शरद पारिवारीक कारणले डिपिएल नखेल्ने भएका छन । पारसले गत सस्करणमा टिम चौराहाको कप्तानी गरेका थिए । यसपटक अत्तरियाको रणनितीक खेलाडीमा दीपेन्द्रसिंह ऐरी, महेन्द्रनगर युनाइटेडको विनोद भण्डारी, रुपेन्देही च्यालेन्जर्सको रणनितीक खेलाडीमा शक्ति गौचन र टिम चौराह धनगढीले सोमपाल कामीलाइ रणनितीक खेलाडी छानेको छ ।

यस्तै आयोजकले फाल्गुन ९ गते हुने अक्सनका लागि खेलाडीहरुको श्रेणी विभाजन गरेको थियो। जस अनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टिमबाट खेल्दै आएको हुनुपर्नेछ । अक्सनमा उनीहरुको न्युनतम मुल्य एक लाख देखि अधिकतम एक लाख ५० हजार रुपैया तोकेको छ । यस्तै बी श्रेणीमा राष्ट्रिय खेलाडीका साथै यु १९ खेलाडीलाई राखेको छ । अक्सनमा उनिहरुको बोली कम्तिमा ५० हजार देखि अधिकतम एक लाखसम्म हुनेछ ।
सी श्रेणीमा अनक्याप खेलाडीलाइ राखिएको छ। उनीहरुको अक्सनमा न्युनतम मुल्य २५ हजार देखि अधिकतम ७५ हजारसम्म तोकिएको छ। डी श्रेणीमा स्थानिय खेलाडीका साथै विदेशी खेलाडी छन । हरेक टिमका मार्की खेलाडीले कम्तिमा दुइ लाख रुपैया पाउनेछन ।

अक्सनमा खेलाडीको बर्गिकरण

यसपटक आयोजकले टोलीमा दुई जना विदेशी र एक जना खेलाडी धनगढीमा हुने ट्यालेन्ट हन्टबाट अनिवार्य गरेको छ । रणनितीक खेलाडी र दुई विदेशी खेलाडीबाहेक बांकी १२ जना खेलाडीलाई ११ लाख रुपैया एउटा टोलीले अक्सनमा खर्च गर्न पाउने आयोजकले जनाएको छ।

करिब ३ करोड लागतमा सञ्चालन हुने डीपीएलको विजेताले २५ लाख तथा उपविजेतालाई १० लाख रुपैया पाउनेछन । प्रतियोगिताको म्यान अफ द सिरिजले टीभीएस वाइक तथा उत्कृष्ट ब्याटसम्यान र बलरलाई पनि पुरस्कार पाउनेछन ।
उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक पूर्व खेलाडीलाई सम्मान गरिनेछ । यस्तै नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गर्नै एक व्यक्तिलाई अर्जुन खड्का स्मृति सम्मान स्वरुप एक एक लाख रुपैया प्रदान गरिनेछ ।
धनगढीको एसएसपी कार्यालयको मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण खेल एपीवान एचडी बाट प्रत्यक्ष प्रशारण हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest