खुकुरी च्यालेञ्च कप, पहिलो दिन बर्षा वाधक

खुकुरी च्यालेन्ज टि–ट्वान्टि क्रिकेट प्रतियोगिताको पहिलो दिनका खेलहरु वर्षाका कारण रद्द भएको छन । 

राजधानीमा निरन्तर बर्षा भएपछि मुलपानी मैदानमा हुने भनिएका आजका दुइ खेल रद्ध भएका हुन । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) र अल्टिमेड इन्डोर क्रिकेट तथा आरसिए प्युठान च्यालेन्जर्स र शान्तिनगर युवा क्लबको खेल थियो । बर्षा वाधक भएपछि दुबै टिमले एक एक अङक बाढेका छन । 

२४ दिन सम्म चल्ने प्रतियोगितामा सहभागी २० टोलीलाई चारवटा समुहमा बिभाजन गरिएको छ । एक समुहमा पाँच टोली रहने छन् । लिग कम नकआउट आधरमा खेलाइने प्रतियोगितामा समुह चरण प्रत्येक टोलीले एक आपसमा खेल्ने छन् । समुह चरणको पहिलो र दोश्रो हुने टोली क्वाटर फाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताको समुह चरण र क्वाटर फाइनल सम्मको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ भने सेमी फाइनल र फाइनल खेलहरु भने टियु क्रिकेट मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest