अफगानिस्तान यु-१९ विश्वकपको सेमिफाइनलमा

न्युजिल्याण्डलाई दुई सय दुई रनको भारी अन्तरले हराउदै अफगानिस्तान अन्डर नाइन्टिन विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय नौ रन बनायो । अफगानिस्तानका लागि रहमनउल्लाह गुरवाजले ६९ तथा इब्राहिम जार्दनले ६८ रनको योगदान गरे । पहिलो विकेटका लागि यी दुई खेलाडीले एक सय १७ रनको साझेदारी गरेका थिए । यस्तै बाहिर शाहले ६७ तथा अज्मातुल्लाह ओमारजाइले ६६ रन जोडे ।

जवाफमा न्युजिल्याण्ड २८ ओभर एक बलमा मात्र एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा केटेनी क्लार्सले ३८ र डेली फिलिप्सले ३१ रन बनाउनु बाहेका बाकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न अफगानि बलर मुजिव र क्वेइस अहमदले चार चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest