राष्ट्रिय टिमको घोषणा, रोहित पहिलो पटक टिममा, सिद्धान्त बैकल्पिकमा

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । यसपटक युवा खेलाडी रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन ।

नामिवियामा फेब्रेवरी ६ तारिख देखि १६ तारिखसम्म हुने प्रतियोगिताका लागि १४ खेलाडीको नामावली सार्वजनिक रोहितकुमार पोडेलले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका हुन । यसअघि युएइ विरुद्ध टिममा परेका अनिलकुमार शाहले पनि टिममा स्थान बनाएका छन । तर युएइ विरुद्ध अनिलले खेल्ने मौका पाएका थिएनन । आइसीसी प्रतिनिधी अनिमुल इस्लामको संयोजनमा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाको सल्लाहमा टिम तयार गरेको हो ।

को को परे टिममा

पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषवाकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दिप लामिछाने
दिपेन्द्रसिंह ऐरी
दिलिप नाथ
ललित भण्डारी
अनिल शाह
रोहित पौडेल

बैकल्पिक खेलाडी
सुनिल धमला
ललित नारायण राजवंशी
सिद्धान्त लोहनी
किशोर महतो

नेपाली टिम शनिबार बैदेशिक प्रशिक्ष्ँणका लागि युएइ जानेछ । जहा नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेर डिभिजन टु कालागि नामिविया प्रस्थान गर्नेछ । २०१९ को विश्वकप छनोटको मुख्य आधार रहेको डिभिजन टु को शिर्ष दुई स्थानमा रहन सके नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन टुमा नेपाल सहित युएइ, क्यानडा, ओमान, केन्या, नामिविया रहेका छन । पछिल्लो एक महिना देखि बन्द प्रशिक्ष्ँणमा रहेको नेपाली टिमले घरेलु प्रशिक्षण पुरा गरेको छ । आज अन्तिम दिन नेपाली टिमले किर्तीपुर मैदानमा प्रशिक्षण गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest