दोस्रो टी-२० मा पाकिस्तान विजयी, श्रृखला एक एकको बराबरीमा

न्युजिल्याण्ड विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा पाकिस्तान ४८ रनले विजयी भएको छ । जितसंगै पाकिस्तानले तीन खेलको श्रृंखलामा एक एकको बराबरी गरेको छ ।

न्युजिल्याण्डको अक्ल्याण्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउदै दुई सय एक रन बनायो । उसका लागि फाकर जामन र बाबर अजामले समान ५०–५० रन बनाए । यस्तै अहमद सेहजादले ४४ र सरफराज अहमदले ४१ रनको योगदान गरे । बलिङ तर्फ न्युजिल्याण्डका बेन ह्विलरले दुई विकेट लिए ।

जवाफमा घरेलु टिम न्युजिल्याण्ड १८ ओभर तीन बलमा एक सय ५३ रनमा अलआउट भयो । उसका लागि मिचले सान्तानेरले ३७ रन बनाउदा बेन ह्विलरले ३० रन बनाए । यस्तै मार्टिन गुप्टिलले २६ रन जोडेपनि टिमलाई हारबाट बचाउन सकेनन । न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न फाहिम अस्राफले तीन तथा मोहम्मद आमीर र सादाव खानले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest