जग्गा विवाद समाधान,अब बन्छ की मुलपानी मैदान

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा भएको जग्गाको विवाद मिलेपछि निर्माणको कामले पुन तिब्रता लिने देखिएको छ ।

मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानमा ५२ आना जग्गाको मुआब्जाको विषयमा स्थानीयसँग कुरा नमिल्दा काम रोकिएको थियो । तर राष्ट्रिय खेलकुद परिषद र सरकारले स्थानीयसग जग्गाको सट्टा पट्टा गर्नेमा सहमती भएपछि निर्माणको काम अघि बढ्ने देखिएको हो । यसका लागि स्थानीय, नापी विभाग, भूमिसुधार कार्यालयबीच छलफल भई सहमती बनिसकेको यूवा तथा खेलकुद मन्त्री राजन केसीले बताए ।

यस्तै राष्ट्रिय खेलकुद परिषदले समस्या समाधान हुने भएपछि काम अघि बढाउनका लागि तल्लो रंगशालाको थप प्याराफिट निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता फाइल तयार पारेको छ । राखेपका सदस्य सचिव केशव विष्टले महालेखा परिक्षकको कार्यालयले विवाद समाधान भएपछि मात्र काम गर्नु भन्दै पत्र लेखेपछि काम रोकिएको बताउँदै अब विवाद समाधानतर्फ गएकोले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामको तयारी गरेको बताए ।

स्थानीयसँग प्याराफिट बाहिर सडकमा जोडिएको जग्गा सट्टामा दिने गरी सहमती भएको उनले बताए । रंगशालामा एउटा ब्लक प्याराफिट निर्माणको काम लगभग सकिएको छ भने अब विवाद समाधान भएपछि अर्को प्याराफिट निर्माण गरिन लागेको हो । झन्डै २२ करोड हाराहारीमा अर्को प्याराफिट निर्माण गरिने लागेको हो । यो रंगाशाला निर्माणको जिम्मा प्रेरा प्रतिष्ठा मुन्ना एन्ड आचार्य जेभीले लिएको छ । तल्लो मैदानमा ९ वटा ब्लकमा प्याराफिट निर्माण गरिएको छ, प्याराफिट मुनी कार्यालय र पार्किङ रहने भएको छ ।

रातोपाटीमा आधारीत भएर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest