भारत विरुद्ध दक्षिण अफ्रिका १९४ रनमा समेटियो

भारत विरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा घरेलु टिम दक्षिण अफ्रिका मात्र १९४ रनमा अलआउट भएको छ ।

पहिलो पारीमा भारत १८७ रनमा समेटिएपछि ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले पनि ठुलो स्कोर तयार गर्न सकेन । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके ।जसमा हसिम अमलाले सर्वाधिक ६१ रन बनाउदा भेरनोन फिल्याण्डरले ३५ रन जोडे ।
तीन रन हुदा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ८० रन बनाउदा तीन विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । एक सय २५ रन बनाउदा ६ विकेट गुमाएको दक्षिण अफ्रिका अन्तत एक सय ९४ रनमा अलआउट भयो ।
दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न जसप्रित बुर्माहले पाच तथा भुवनेश्वर कुमारले तीन विकेट लिए । जवाफमा भारतले पनि दोस्रो पारीको सुरुवात गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest