बंगलादेशलाई हराउदै भारत यू-१९ विश्वकपको सेमिमा

बंगलादेशलाई १३१ रनले हराउदै पुर्व च्याम्पियन भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डको क्विन्सटाउनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर २ बलमा २ सय ६५ रन बनायो । १६ रन हुदा पहिलो विकेट गुमाएको भारतका लागि सुभम गिलले ८६ तथा अभिषेक शर्माले ५० रन बनाए । यस्तै कप्तान पृथ्वी शाले ४० रन जोडे । बलिङमा बंगलादेशका क्विजी ओनिकले तीन विकेट लिए ।

जवाफमा बंगलादेश ४२ ओभर १ बलमा मात्र १ सय ३४ रनमा अलआउट भयो । उसका लागि पिनाक घोषले ४३ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । बंगलादेशले २३ रन हुदा पहिलो विकेट गुमाएको थियो त्यसपछि ७९ रन हुदा चार विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको बंगलादेश अन्तत एक सय ३४ रनमा अलआउट भयो ।

बंगलादेशलाई कम स्कोरमा रोक्न कमलेस नगरकोटीले तीन तथा शिभंम माभी र अभिशेक शर्माले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest