चौथो खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी

इग्ल्याण्ड विरुद्धको पाच खेलको श्रृंखलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । लगातार तीन खेलमा हार ब्यहोरेर श्रृंखला गुमाइसकेको अष्ट्रेलियाले तेस्रो खेलमा इग्ल्याण्डलाई तीन विकेटले हरायो ।

एडिलेडमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्ड ४४ ओभर पाच बलमा एक सय ९६ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा क्रिस वक्सले ७८ रन बनाउदा कुरेनले ३५ र कप्तान इयोन मोर्गन र मोइन अलीले समान ३३–३३ रन बनाए । बलिङ तर्फ अष्ट्रेलियाका कुमिन्सले चार तथा जोस हेजलहुड र जेम्स तेइले तीन तीन विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ३७ ओभरमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा टिम हेडले ९६ तथा सन मार्सले ३२ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest