सन्दिप आइपिएल टिम दिल्लीबाट खेल्ने

युवा स्पिनर संदिप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन ।

भारतको बैङलोरमा जारी अक्सनको दोस्रो दिन आज संदिपलाइ दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको हो । उनको न्युनक्तम मुल्य पनि २० लाख भारुनै रहेको थियो ।

उनी अक्सनमा दुइ सय ७६ औं स्थानमा रहेका थिए । दिल्लीको प्रशिक्षकमा अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ हुन । यस्तै टिमको कप्तानमा गौतम गंभिर रहेका छन ।

१७ वर्षिय संदिपले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा भएको नामिबिया विरुद्धको खेल मार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सिनियर टोलीबाट लिस्ट ए मा नौ खेल खेलेका संदिले कुल १२ विकेट लिएका छन ।

दुइ वर्ष अघि बंगलादेशमा भएको अन्डर नँइन्टिन विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि संदिपलाइ अस्ट्रेलियाका महान स्पिन शेर्न वान संग तुलना गरिएको थियो । उनले आयरल्यान्ड विरुद्ध ह्याट्रिक सहित पांच विकेट लिएका थिए । प्रतियोगितामा भन कुल १४ विकेछट लिदै सर्वाधिक विकेट लिनेको सुचीमा संदिप दोस्रो स्थानमा रहेका थिए ।

संदिपले हङकङमा अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्क संग एउटै टिम बाट समेत खेलेका थिए । संदिपको खेल बाट प्रभावित भएका क्लार्कले त्यसपछि संदिपलाइ अस्ट्रेलियामा रहेको आफ्नो एकेडेमीमा लगेर प्रशिक्षण समेत दिएका थिए ।

आइपिएलको अक्सनमा सुचीमा संदिपको पनि नाम आएपछि क्लार्कले ट्विक मार्फत संदिप राम्रो युवा खेलाडी भएको भन्दै आइपिएल टिमहरुलाइ खरिद गर्न सुझाव समेत दिएका थिए । संदि पभने अहिले विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि युएइमा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest