आइपिएलमा छनोट भएका सन्दिपलाई विश्वभरबाट बधाईको ओइरो

इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप छनोट भएपछि उनलाइ वधाइ दिनेको ओइरो लागेको छ ।

सन्दिपको सफलतामा नेपालीहरु त खुसी नै छन साथै विश्वभरका मिडिया र क्रिकेटरहरुले पनि सोसियल साइटमा बधाइ दिएका छन।

भारतीय चर्चित वेबसाइट क्रिकेटकन्ट्री का लेखक चिनमे जवालेकरले दिल्लीले २० लाखमा सन्दिपलाई किनेको मात्रै नभएर उसले नयाँ ३ करोड समर्थक पाएको जनाएका छन् ।

नेपाली क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासले पनि बधाई ब्यक्त गरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest