सन्दिप भन्छन – आइपिएलमा छनोट हुन्छु भन्ने थोरै मात्र आशा थियो

संदिपले आफुलाई आइपिएलमा छनौट हुन्छु भन्ने थोरै आशा थियो भन्दै खुशी ब्यक्त गरेका छन ।

यो सफलतालाइ सामान्य रुपमा ह्यान्डल गर्ने कोसिस गरिरहेको उनको भनाइ थियो । संदिपले, स्टार खेलाडीहरु संग ड्रेसिङ रुम सेयर गर्न पाउने कुराले अाफुलाई रोमाञ्चत बनाएको बताए ।

क्रिकेट खेल्न सुरु गर्दा आइपिएल नै खेल्छु भन्ने नलागेको प्रतिकृया दिए । तर सपना देख्न नछोडेको र सोही सपना आज पुरा भएको संदिपको भनाइ छ ।

हाललाई डिभिजन टु मा केन्द्रित हुने पनि उनले बताए । दिल्लीको टिममा अस्ट्रेलियाका म्याक्सवेल, भारतीय खेलाडी गौतम गंभिर, अफगानिस्तानका मोहम्मद सामी, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट जस्ता स्टार खेलाडीहरु रहेका छन ।

अक्सनमा भने इङल्यान्डका बेन स्टोक सर्वाधिक महंगा ओभरसिज खेलाडी बने । स्टोकलाई राजस्थान रोयल्यसले १२ करोड ५० लाखमा खरिद गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest