यू-१९ विश्वकप, अष्ट्रेलिया फाइनलमा

पुर्व च्याम्पियन अष्ट्रेलिया आईसीसी यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । आज भएको सेमिफाइनलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुग्यो ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४८ ओभरमा एक सय ८१ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । पहिलो पटक यू–१९ विश्वकपको सेमिफाइनलमा पुगेको अफगानिस्तानका लागि इक्राम अली खिलले ८० रन बनाउदा रहमनुल्लाह गुरवाजले २० रन बनाए । बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ अष्ट्रेलियाका मिर्लोले चार विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ३७ ओभर ३ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसको जितमा ज्याक इडवार्डले ७२, परम उपलले ३२ र कप्तान जेसोन साङघाले २६ रनको योगदान गरे । अब उपाधिका लागि भारत र पाकिस्तान विचको विजेतासंग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest