विधान संशोधन गरे निलम्बन फुकुवा गर्ने आइसीसीको आश्वासन

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विधान संशोधन गरे नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ ।

अाइसीसी प्नतिनिधी इमरान ख्वाजाको सहितको टोलिले निर्वाचित क्यान र अन्य सल्लाहकार समितीका पदाधिकारीसग गरेको बैठकले विधान संशोधन गरेमा अागामी जुनमा हुने आइसीसीको बोर्ड बैठकबाट निलम्बन फुकुवा गर्नै आश्वासन दिएको हो ।

सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले संशोधन गरेपनि आईसीसीले मानेको छैन ।

आइतबारको बैठकमा आईसीसीले नयाँ विधानअनुसार हुने चुनावी साधारणसभामा सरकारका ७ प्रतिनिधि रहने व्यवस्था खारेज गर्न भनेको छ । साथै निर्वाचित क्यानका १७ सदस्य स्वतः सहभागी हुन पाउने प्रावधानमा पनि आपत्ति जनाएको थियो ।

साथै जिल्ला संघको निर्वाचन के गर्ने भनेर छलफल भएको थियो । विधान स्वीकृत गरेलगत्तै निर्वाचित क्यानले ३४ जिल्लामा निर्वाचन भइसकेको छ तर, सल्लाहकार समूहका केही सदस्यले आईसीसीको सहमति नभएको भन्दै विरोध गरेका छन् । विवाद भएका जिल्लाहरुमा छानविन गर्ने गरी सहमति हुन सक्ने बताइएको छ ।

आगामी फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक राखिएको छ भने जुनमा साधारण सभा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest