पाकिस्तानलाई २०३ रनले हराउदै भारत फाइनलमा

पाकिस्तानलाई २०३ रनको भारी अन्तरले हराउँदै पुर्व च्याम्पियन भारत न्युजिल्याण्डमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि भारतले अष्ट्रेलियासंग खेल्नेछ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै दुई सय ७२ रन बनाएको थियो । उसका लागि सुभम गिलले सतकिए पारी खेले । उनले १०२ रन बनाए । यस्तै मन्जोत काल्राले ४७ र कप्तान पृथ्वी शा ले ४१ रनको योगदान गरे । ९४ रन हुदा दुई विकेट गुमाएको भारत विरुद्ध पाकिस्तानी बलर मोहम्मद मुसाले चार तथा अर्साद इक्वालले तीन विकेट लिए ।

जवाफमा पाकिस्तान २९ ओभर ३ बलमा मात्र ६९ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा रोहिल नाजिरले १८ तथा साद खानले १५ रन बनाए । १० रन हुदा पहिलो विकेट गुमाएको पाकिस्तानले २८ रन हुदा चार विकेट खेर फालेको थियो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । अन्तत ६९ रनमा अलआउट भयो । भारतले उपाधिका लागि चिरप्रतिद्धन्द्धी अष्ट्रेलियासंग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest