क्यानको निलम्बन जुनमा फुकुवा हुनेमा ढुक्क – केशव विष्ट

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेको करीब दुई बर्षपछि नेपाली क्रिकेटको विवाद समाधान हुने देखिएको छ ।

आइसीसीसंगको बैठकपछि नेपाली क्रिकेटसंग जोडीएका विवादका पाटाहरु लचिलो भएपछि विवादले निचोड पाउने देखिएको हो ।

आइसीसीका कार्यकारी प्रमुख उस्मान ख्वाजासहितको प्रतिनिधीसंग नेपालको निर्वाचित क्यानले अडान राखेका बुधामा लचिलोपन देखाएपछि आगामी जुन महिनामा हुने आइसीसीको बोर्ड बैठकमा नेपालको निलम्बन फुकुवा हुने सम्भावना उच्च बनेको छ ।

आइसीसीसंगको बैठकपछि राष्ट्रिय खेलकुद परिषदले आधिकारीक धारणा राख्दै आज गरेको पत्रकार सम्मेलनमा सबै पक्ष लचिलो देखिएकाले नेपाली क्रिकेटले नया मोड लिने बताएको छ ।

आइसीसीले विधान पुन संसोधन गरेर पाच सदस्यिय अनुगमन समिती गठन गर्ने भएको छ । जसले चार महिना भित्रमा क्यानको जिल्ला निर्वाचनको अनुगमन गर्ने र बैधानीक रुपमा भएको नभएको पत्ता लगाउनेछ ।

निर्वाचित क्यानले ३९जिल्लाको निर्वाचन गरिसकेको छ । त्यसपछि प्रदेश निर्वाचनका साथै केन्द्रिय निर्वाचनका लागि समय तालिका तयार पार्नुपर्नेछ । यो कमिटीमा तीन जना आइसीसीबाट, एक एक जना सल्लाहकार समिती र क्यानबाट बस्नेछन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले यसअघि जे भएपनि अब सच्चिएर गएन भने आइसीसीका साथै आफुहरुले पनि कडा कदम चाल्ने बताए । साथै उनले अब आफुहरु अभिभावकको भुमिकामा मात्र रहेको बताउदै सरकारी हस्तक्षप नहुने बताए ।

विष्टले भने “ सबैमा कमजोरी रह्यो अब सच्चिएर जानुको बिकल्प छैन, प्रतिबन्ध फुकुवा हुदै अब क्रिकेटमा नया सम्भावना खुलेको छ, अब राखेपले हस्तक्षप गर्ने छैन , आन्तरिक स्टेकहोल्डर्स सबै एकै ठाउमा आयका छौ, सल्लाहकार समितीले बनाएको बिधान स्विकार गरिएको छ ” ।

यस्तै सल्लाकार समितीका संयोजक विनयराज पाण्डेले आइसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको र अब पनि सहमती अनुसार नगए आइसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे ।

बिनय राज पान्डे ” आइसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको छ, अब पनि अन्डर्स्ट्यान्डिङ अनुसार काम नगरिय आइसीसीले पहल गर्ने छैन, फेरि अवसर आएको छ ! हामिले बाटो बनाइदिएका छौ, यहि बाटोमा हिडे अनेकौ बर्ष क्रिकेट चल्नेछ, जिल्ला बाटै प्रोपर मान्छेहरु आउन मोनिटरिङ त्यही बाटै हुनपर्छ ” ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्नु आफुहरुको मुख्य योजना रहेको भन्दै सबै बाधा अडचनलाई पछि पार्दै काम गर्ने बताए । साथै उनले यो विचमा कुनै बाहिरी तत्वले फेरी पनि बाधा पुरयाउने होकी भन्नेमा डर अझैपनि रहेको बताए ।

अनुगमन समितीमा को को बस्छ त्यो भने तय भइसकेको छैन । यसका साथै अनुगमन समितीको समय तालिका पनि अझे आइसकेको छैन । जुन सहमति भएको छ त्यसलाई कार्यान्वयनमा लग्न अझै दुई महिना जति लाग्ने बुझिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest