ज्ञानेन्द्र र दिलीपको अर्धसतकमा नेपाल बलियो स्थितीमा

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले अहिले युएई ए टिमसंग दोस्रो अभ्यास खेल खेल्दैछ ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालले आज पनि उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले सतकिए साझेदारी गरेका छन । जसमा दुबै खेलाडीले अर्धसतक बनाएका छन । ज्ञानेन्द्रले ५० रन पुरा गरेका छन भने दिपिल ६४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका अनिल कुमार शाह पनि १४ रनमा आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest