युएइ ए विरुद्ध ज्ञानेन्द्रको सतक

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले अहिले युएई ए टिम विरुद्धको दोस्रो अभ्यास खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका छन ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालले आज पनि उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले एक सय ४२ रनको साझेदारी गरे । दिपिल ६४ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका अनिलकुमार शाह १४ रनमा पेभेलियन फर्किदा नेपालले एक सय ७६ रनमा दोस्रो विकेट गुमायो । तर ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ९७ बलमा सतक प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest