नेपालको दोस्रो जीत, युएई ए टिम १९३ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले युएई ए टिमलँई १९३ रनले हरायो ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाच विकेट गुमाउदै तीन सय ३३ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृष्ट एक सय ५४ रनको पारी खेले । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटका लागि एक सय ४२ रनको साझेदारी गरे ।

दिपिल ६४ रनमा आउट हुदा अनिलकुमार शाह १४ रन जोडे । यस्तै दिपेन्द्रसिंह ऐरी ३४ रन बनाउदा आशिफ शेखले ४१ रनको योगदान गरे ।

जवाफमा युएई ए टिम ४० ओभर २ बलमा एक सय ४० रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest