एसीसीले आयोजना गर्ने यु-१९ र सिनियर एशिया कपमा नेपाल

एशियन क्रिकेट काउन्सिलको आयोजनामा सेप्टेम्बरमा एशिया कप छनोट हुने भएको छ । जसका लागि नेपाल सहित ६ देशविच छनोट प्रतियोगिता हुनेछ ।

एशिया कप छनोट सकिएपछि सोहि महिनाको दोस्रो साता देखि एशिया कप हुनेछ । एशिया कप छनोटमा नेपाल समुह ए मा परेको छ । जसमा नेपालसँगै हङकङ र मलेसिया रहेका छन ।

समुह बी मा सिङगापुर युएई र ओमान छन । कुल ६ टिमको सहभागिता हुने एशिया कपमा पाँच टेष्ट राष्ट्रको सहभागिता हुनेछ ।

जसमा भारत,पाकिस्तान,अफगानिस्तान,बङ्लादेश र श्रीलङकाले सोझै खेल्ने पाउनेछन । बाँकि एक टिमको टुङगो छनोट खेलबाट लाग्नेछ ।
एसोसियट देश विच हुने छनोट खेलमा शिर्ष स्थानमा आउने देशले एशिया कप खेल्न पाउनेछ ।

छनोट खेलमा मलेशिया,नेपाल,हङकङ,सिङ्गापुर,ओमन र युएई रहेका छन । प्रतियोगिता सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुनेछ । एशिया कप पछि अक्टोबरमा बङगलादेशमा युथ एशिया कप हुनेछ भने डिसेम्बरमा पाकिस्तानमा इमर्जिङ टिम्स एशिया कप हुनेछ । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest