नेपालबाट फर्किएपछि ख्वाजाले भने समयमै काम भए निलम्बन फुकुवा हुन्छ

नेपाल क्रिकेट संघको विवादको समाधानको बाटो खोज्नका लागि नेपाल आएका आइसीसीका कार्यकारी प्रमुख इमरान ख्वाजाले दुबई फर्किएपछि नेपाल क्रिकेटको विवाद समाधान तिर अगाडी बढेको धारणा राखेका छन ।

आइसीसीले जारी गरेको विज्ञेप्तीमा ख्वाजाले यसपटकको बैठक निकै फलदायी बनेको र नयाँ विधानमा जुन किसिमको सहमती भएको छ त्यो पालना भएमा क्यानको निलम्बन फुकुवा हुने बताए ।

२०१७ को अगस्टमा निर्वाचित क्यानले एकलौटी रुपमा क्यानको विधानमा धरै संसोधन गरेको बताउदै अब सोहि संसोधित विधानका केहि धाराहरुलाई परिवर्तन गरेर आइसीसीमा आएमा क्यानको प्रतिबन्ध फुकुवा हुने बताए ।

साथै उनले हामीहरुले समय सिमा तोकेर आएका छौ, सो समय सिमामा अनुगमन समितीले आफनै काम पुरा गरेर नयाँ निर्वाचनका लागि काम अगाडी बढेमा नेपाली क्रिकेटले नयाँ स्वरुप पाउने बताए ।

आइसीसीले जुनमा हुने बोर्ड बैठकमा नेपालको निलम्बनका विषयमा ठोस निर्णय लिने आशा गरिएको छ ।

चार दिन अगाडी ख्वाजा सहितको आइसीसीको टोलि नेपाल आएर सल्लाहकार समितीका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसंग छलफल गरेर फर्किएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest