बेन स्टोक पाँच महिना पछि राष्ट्रिय टिममा

इग्ल्याण्डका अलराउण्डर बेन स्टोक पाँच महिना पछि पुन राष्ट्रिय टिममा फर्किएका छन ।

न्युजिल्याण्ड विरुद्धको पाच एक दिवसिय श्रृखंलाका लागि घोषणा गरिएको इग्ल्याण्डको १५ खेलाडीको सुचिमा स्टोक पनि परेका छन ।

गत सेप्टेम्बरमा ब्रिस्टोलको एउटा नाइट क्लवमा हंगामा मच्चाएको भन्दै स्टोक प्रहरी हिरासतमा परेका थिए । साथै इग्ल्याण्ड क्रिकेट बोर्डका कारवाहिमा समेत परेका स्टोक यहि महिनाको २५ तारिखबाट न्युजिल्याण्ड विरुद्ध हुने एकदिवसिय खेलबाट पुन फर्किदैछन ।
त्यसअघि स्टोक १३ तारिखमा ब्रिस्टोलको कोर्टमा हाजिर हुनुपर्नेछ । सोहि नाइट क्लवको घटनाका कारण उनी अष्ट्रेलिया विरुद्धको एसेस श्रृखंला खेल्नबाट बञ्चित भएका थिए ।

केहि दिन अगाडी भएको आइपिएलको अक्सनमा स्टोकलाई राजस्थान रोयल्सले सबै भन्दा महंगा खेलाडीका रुपमा टिममा अनबुन्ध गरेको थियो । त्यसका लागि उसले एक दशमलव तीन आठ मिलियन पाउण्ड खर्च गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest