अन्तिम खेलमा नेपाल ६४ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले युएई ‘ए’सँगको अन्तिम अभ्यास खेलमा पराजय भोगेको छ । नेपालले आफ्ना अघिल्ला दुई अभ्यास खेलमा जित हांसिल गरेको थियो ।

पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा २ सय १५ रन बनाउन सफल भएको थियो । जवाफमा नेपाल ३८.५ ओभरमा अलआउट हुँदै केवल १ सय ५१ रन बनाउन सक्यो । अघिल्लो अभ्यास खेलमा राम्रो देखिएको नेपालको ब्याटिङ आज निकै फितलो रह्यो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रनको योग्दान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए । दिपेन्द्र ऐरीले २६, अनिल शाहले २१ र आरिफ शेखले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर दिलिप नाथ शुन्यमा आउट भएका थिए भने भरपर्दा शरद भेषवाकरले पनि आज १ रन मात्र बनाए । सोमपाल कामी र ललित भण्डारी खातै नखोली पभेलियन फर्के । वसन्त रेग्मी ६ रनमा आउट भएका थिए भने सन्दिप लामिछाने ६ रनमा अवजित रहे ।

यस अघि चिराग सुरीको ८५ रनको पारी युएईको योगफलको आधार बनेको थियो । अन्य खेलाडिहरुमा अलि मिर्जाले अवजित ४२ रन बनाएका थिए भने अतिरुर रहमानले ३३ रन जोडे ।

बलिङतर्फ सोमपाल कामीले ३ विकेट, ललित भण्डारीले २ विकेट लिए भने पारस खड्का, वसन्त रेग्मी र सन्दिप लामिछानेले एकएक विकेट लिए । सन्दिपले आफ्नो १० ओभरमा केवल २७ रन खर्चेका थिए भने पारसले ६ ओभरमा ३ मेडेन फाल्दै केवल ६ रन खर्चेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest