दक्षिण अफ्रिकी कप्तान डुप्लिसिसले बाँकि खेल गुमाउने

भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा दक्षिण अफ्रिकालाई अर्को झट्का लागेको छ ।

कप्तान फाप डुप्लिसिसको औला भाँचिएका कारण बाँकी पाच एकदिवसिय खेलबाट बाहिर भएका छन । भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा सतक प्रहार गरेका डुप्लिसिसले बाँकि पाच एकदिवसिय र टी–२० श्रृखंला गुमाउने भएका छन । दक्षिण अफ्रिकी क्रिकेट संघले जनाएअनुसार उनिलाई ३ देखि ६ साताको आराम चाहिएको बताएको छ ।

यसका साथै उनले अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंला पनि गुमाउन सक्ने सम्भावना बढेको छ । उनको स्थानमा फरहान बेहर्दिनलाई टिममा राखिएको छ । साथै अर्का खेलाडी एवी डिभिलियर्स पनि चोटका कारण टिमबाट बाहिर भएपछि उनको स्थानमा हेनरीच क्लासिनलाई टिममा बोलाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest