भारतले जित्यो यू-१९ विश्वकपको उपाधी

अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै यू१९ विश्व कपको उपाधि भारतले जितेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई मध्यम स्कोरमा समेट्ने क्रममा कमलेस नगरकोटी, अनुकुल रोय, ईशान पोरेल र शिव सिंहले समान दुई विकेट लिएका थिए ।

४७ दशमलब दुई ओभरमा अलआउट हुँदै २१६ रन बनाएको अष्ट्रेलियका लागि जोनाथन मेर्लोले सर्वाधिक ७६ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो पारी खेल्न नसक्दा उसले विशाल योगफल बनाउन असफल भयो ।

भारतले २१७ रनको लक्ष्य पक्षाउने क्रममा ३८ दशमलब पाँच ओभरमा दुई विकेटको नोक्सानीमा जित दर्ता गर्दै विश्वकपको उपाधि जितेको हो ।

जितमा खेलको म्यान अफ द म्याच समेत घोषित भएका कालराले अविजित रहँदै १०१ रन बनाए । १०२ बलको सामना गरेका कालराले आठ चौका र तीन छक्का प्रहार गरे ।

उनले तेश्रो विकेटका लागि अविजित ४७ रन बनाए हार्बिक देशाईसँग मिलेर ८९ रनको साझेदारी गर्दै भारतलाई जित दर्ता गराउन मद्धत गरे ।

भारतको जितमा कप्तान तथा ओपनर पृथ्वी शले २९ रन तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी हुन सफल शुभम गिलले ३१ रनको योगदान दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest