दक्षिण अफ्रिका ११८ रनमा अलआउट

भारत विरुद्धको दोस्रो एकदिवसिय खेलमा दक्षिण अफ्रिका मात्र ११८ रन मात्र बनाएर अल आउट भएको छ । यो दक्षिण अफ्रिकाको घरेलु मैदानमा सबैभन्दा कम योगफल हो ।

टस जितेर पहिले बलिङ गरेको भारतले दक्षिण अफ्रिकालाई मात्र ३२ दशमलब दुई ओभरमा अलआउट पाऱ्यो । भारतका तर्फबाट आठ दशमलब दुई ओभर बलिङ गरेका चाहलले मात्र २२ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै कुलदिप यादवले पनि दुई विकेट आफ्नो नाममा लेखए ।

दक्षिण अफ्रिकाको तर्फबाट खाया जोन्डो र जेपी डुमिनीले सर्वाधिक २५–२५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest