डिभिजन २ मा राम्रो पारी खेलेका नेपाली खेलाडी

२०१५ मा नामिवियामा नै भएको डिभिजन टुमा नेपाल शिर्ष चारमा रहदै विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भएको थियो । सो प्रतियोगितामा नेपालका कति खेलाडी उत्कृष्ट पारी खेलेका थिए हेरौ

ज्ञानेन्द्रले नामिबियामै भएको डिभिजन टु को समुह चरणमा केन्याबिरुद्ध अविजित ९१ रन बनाएका थिए । कप्तान पारस खड्काले क्यानडा बिरुद्ध आक्रमक पारी खेल्दै ७८ बलमा ७७ बनाए ।

यस्तै बिनोद भण्डारीले केन्या बिरुद्धको तेश्रो स्थानका लागि भएको खेलमा ७३ रन प्रहार गरेका थिए । चौथो र पाँचौ स्थानमा फेरी एक पटक कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र छन् । पारसले नामिबिया बिरुद्ध ६४ रन बनाए भने तेश्रो स्थानको खेलमा ज्ञानेन्द्रले ४८ रन बनाएका थिए ।

एकै पारीमा धेरै रन बनाउने खेलाडी

ज्ञानेन्द्र मल्ल ९१ नट आउट केन्या बिरुद्ध
पारस खड्का ७७ रन क्यानडा बिरुद्ध
बिनोद भण्डारी ७३ रन केन्या बिरुद्ध
पारस खड्का ६४ रन नमिबिया बिरुद्ध
ज्ञानेन्द्र मल्ल ४८ रन केन्या बिरुद्ध
बिनोद भण्डारी ३५ रन नेदरल्यान्ड्स बिरुद्ध
ज्ञानेन्द्र मल्ल ३४ रन युगान्डा बिरुद्ध
ज्ञानेन्द्र मल्ल ३२ नटआउट क्यानडा बिरुद्ध

स्रोत क्रिकेटिङ नेपाल

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest