डिपिएलको अक्सनमा पर्ने स्थानिय खेलाडीको टुङगो

धनगढी प्रिमियर लिग डीपीएलका लागि ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरिएको छ ।

ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनौट भएका छन् ।

यस्तै किरन कुमार आग्री, बसन्त सिंह कार्की, शेर मल्ल, पूर्ण सिंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनौट भएका छन् ।

ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जनामध्ये कम्तिमा पनि ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपिएल खेल्न पाउनेछन् ।

एक सय भन्दा बढी खेलाडीको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो ।

छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तिमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नुभएको थियो । डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest