डिभिजन २, नेपाललाई १७ बर्षपछि हराउने लक्ष्यमा नामिविया

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले पहिलो खेल भोली घरेलु टिम नामिबियासँग खेल्नेछ ।

नामिबियको विन्टहक स्थित एफिज पार्कमा हुने खेल नेपाली समय अनुसार भोलि दिउसो सवा एक बजेबाट सुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई)मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको हो ।

कप्तान पारस खड्काले नामिविया विरुद्ध यसअघि पनि खेलिसकेको भएपनि बलियो टिम रहेको बताए । साथै उनले नेपाली टिम हरेक खेलमा जितका लागि मैदानमा उत्रने धारणा राखेका थिए ।

यसअघिका भिडन्तमा नेपाल नामिबियामाथि हावी हुदै आएको छ । नेपाल र नामिबियाले हालसम्म खेलेका चार खेलमा नामिबियाले एक खेल जितेको छ। बाँकी तीन खेल नेपालले आफ्नो पक्षमा पारेको छ।

२००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। जसमा नेपालले दिएको १ सय ३१ रनको लक्ष्य नामिबियाले २ विकेट गुमाउँदै पूरा गर्यो।

सन् २०१५ मा नामिबियामै भएको डिभिजन दुईमा आयोजकसँग नेपालको दोस्रो भेट थियो। उक्त खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्यो। नामिबियाले बनाएको १ सय ४२ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर भेटायो।

नामिबियासँगको बाँकी दुई भेट भने नेपालले घरेलु मैदानमा भएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा २०१६ अप्रिलमा भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो।

दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भयो। कप्तान पारस खड्काले उक्त खेलमा शतकिय पारी खेलेका थिए। नामिबियाले दिएको २ सय ३९ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा भेटाएको थियो।

यसअघि २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन दुईको तयारीका लागि दक्षिण अफ्रिकाको भम्रण गरेको थियो। जहाँ उसले स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सीरिज पनि खेलेको छ।

अर्कातिर घरेलु मैदान भएकाले पनि नामिबियाले पहिलो खेलमा नेपाललाई कडा चुनौती दिने निश्चित देखिन्छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest