नामिविया विरुद्ध सोमपालले लिए २ विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ । जसमा नेपाललाई दोस्रो सफलता हात पारेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा सोमपालले पहिलो सफलता दिलाए ।

त्यसपछि नामिवियाको २३ रन हुदा सोमपालले नेपाललाई दोस्रो सफलता दिलाए ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले डेब्यु क्याप पाएका छन ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट कुलकर्णीले रोहितलाई सो क्याप हस्तान्तरण गरेका हुन । आजको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ भने रोहितलाई मौका दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest