डिभिजन २, नामिवियाको छैटौ विकेट पतन

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ । जसमा नेपाललाई पाचौ सफलता हात पारेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा पहिलो विकेट लिन सफल भयो ।

त्यसपछि नामिवियाको २३ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । नेपालका लागि दुबै विकेट सोमपाल कामीले लिए ।

त्यसपछि नामिबियाको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो सफलता हात पारयो । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो ।

कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले आजको खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्दैछन ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट सुलक्षण कुलकर्णीले रोहितलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन । आजको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest