लजालु स्वभावका रोहितको राष्ट्रिय टिमसम्मको यात्रा

एभरेस्ट प्रिमियर लिगमा आफ्नो प्रदर्शनले सबैलाई मोहित बनाएका रोहित पौडेलले इपिएलको प्रदर्शनकै आधारमा पहिलो पटक सियिनर टिमबाट डेब्यु गरेका छन ।

नामिबियामा जारी डिभिजन टु मा नामिविया विरुद्ध डेब्यु गरेका रोहितको अघिल्तिर संभावनाको फराकिलो आकाश मात्र छैन उनीलाई ग्रुम गर्न सके नेपाली क्रिकेट टिमले राम्रो खेलाडी पाउने आशा गरिएको छ ।

क्रिकेटमा आकर्षित हुनुको क्षण

सन २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेल्दा टेलिभिजन अगाडी बसेर विश्वकप हेर्ने लाखौ समर्थक मध्ये एक थिए रोहित पौडेल ।

त्यस बेलासम्म रोहित टेनिस बलले टोलमा क्रिकेट खेलेरै रमाइरहेका थिए । टेलिभिजनमा हेरेको विश्वकपले, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का जस्तै बन्न पाए हुन्थ्यो भन्ने रहर रोहितमा जाग्यो । र त्यो कलिलो रहर कतिवेला प्यासनमा रुपान्तरित भयो उनलाई पत्तै भएन ।

अहिले राष्ट्रिय टिममा परेपछि र आफ्ना ड्रिम खेलाडी पारसलाई पहिलो पटक भेट्दा रोहितको अनुभव शब्दमा भन्न गाहे छ भन्छन रोहित आफैपनि । उनि भन्छन, सो बेला आफु क्रिकेटमा लाग्छु भनेर खेलेको भएपनि कतिबेला यो मेरो प्यासन बन्यो थाहा नै भएन ।

नवलपरासीमा जन्मिएका रोहित अहिले जम्मा १६ वर्षका भए । उनले ड्युस बलले क्रिकेट खेल्न सुरु गरेको चार वर्षमा नै राष्ट्रिय टिम सम्मको यात्रा तय गरिसकेका छन् ।

क्रिकेट यात्रा

२०१६ को डिसेम्बरमा भएको अन्डर नाइन्टीन एशीया कपबाट करियर सुरु गरेका रोहितलाई राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान विनोद दासले ट्यालेन्ट हन्ट मार्फत टिममा ल्याएका थिए । रोहितले डिभिजन टुको तयारीका लागि युएइमा भएको अभ्यास खेलमा पनि प्रभाव जमाएका थिए । यदि डिभिजन टु मा मौका पाए सफलताका लागि अधिकतम प्रयास गर्ने उनको भनाइ छ ।

रोहित भन्छन, टिमका लागि खेल्ने हो, आफु फिनिसरको भुमिकामा टिममा पर्ने हो, र आफुलाई आइपरेको जिम्मेवारी पुर्ण रुपमा निभाउने प्रयास गर्नेछु । निकै कम बोल्न लजालु स्वभावका रोहितको सपना भनेकै २०१९ मा हुने एकदिवशीय विश्वकपका लागि छनौट हुनु हो ।

पारसको भनाई

पारस संग ड्रेसिङ रुम सेयर गर्न पाउनुलाइ रोहितले आफ्नो ठुलो सफलता ठानेका छन् । रोहितका विषयमा कप्तान पारस खड्का भन्छन– रोहित राम्रो पोटेन्सियल भएका खेलाडी हुन । शान्त स्वभावका र राम्रो भविष्य भएका खेलाडीका रुपमा अगाडी आएका छन ।

नेपाली टिमको फिनिसरको रुपमा उदाएका रोहित, आइपीएलमा छनौट भएका संदिप लामिछाने जस्तै निकै संभावनाका साथ अघि बढिरहेका खेलाडी हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest