नामिवियाद्धारा नेपाललाई १३९ रनको लक्ष्य

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले घरेलु टिम नामिवियाबाट १३९ रनको लक्ष्य पाएको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४ ओभर २ बलमा १३८ रनमा अलआउट भयो ।

नेपालको कसिलो बलिङसामु नामिबिया सुरुवात देखि नै दबावमा रह्यो । उसको ३ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । त्यसपछि नामिवियाको स्कोर २३ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो ।

नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । घरेलु मैदानमा उसको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो विकेट झार्यो । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो ।

कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे । लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरेपछि नेपालले छैटौ सफलता हात पारयो ।

नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौ विकेट गुमायो ।

त्यसपछि नामिवियाको १३२ रन हुदा ८ विकेट झर्यो । जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए । बलिङ तर्फ सोमपाल कामी ३ र सन्दिप लामिछानेले समान ४ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest