सन्दिपलाई दिल्ली डेयरडेभिल्सको बधाई

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नामिवियालाई सस्तैमा आउट गर्न उत्कृष्ट बलिङ गरेका सन्दिपलाई इन्डियन प्रिमियर लिग आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बधाई दिएको छ ।

नामिविया विरुद्ध ४ विकेट लिएका सन्दिपका बारेमा आइपिएल टिम दिल्लीले आफनो ट्विटरमा उत्कृष्ट बलिङ गरेको भन्दै बधाई दिएको हो ।

केहि साता अगाडी भएको आईपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैंयामा टिममा अनुबन्ध गरेको थियो ।

नामिवियाको पारिलाई ध्वस्त बनाउन सन्दिपले ८.२ ओभ बलिङ गरेर २ ओभर मेडेन राख्दै १६ रन खर्चेर ४ विकेट लिएका थियो ।

सन्दिप लामिछाने आईपिएलमा अनुबन्ध भएपछि सबैको ध्यान उनको प्रदर्शनमा रहेको छ ।

त्यसमा पनि सन्दिपले आईपिएल खेल्न पाउछन कि पाउदैनन भनेर सबैमा कौतुहलता जागेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest