नेपालको दबावपुर्ण ब्याटिङ, पाँच विकेट झर्यो

१३९ रनको लक्ष्य पक्ष्याएको नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथलाई आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

लन्च लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरीपनि मात्र ६ रनमा आउट भएपछि नेपालले ५० रनमा पाँच विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest