नामिवियामाथि नेपालको कठिन जित, बसन्तको संघर्षपुर्ण पारी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले घरेलु टिम नामिवियालाई एक विकेटको झिनो अन्तरले हराएको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४ ओभर २ बलमा १३८ रनमा अलआउट भयो । नेपालको कसिलो बलिङसामु नामिबिया सुरुवात देखि नै दबावमा रह्यो । उसको ३ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो ।

त्यसपछि नामिवियाको स्कोर २३ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । घरेलु मैदानमा उसको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो विकेट झार्यो । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे ।

त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए । नामिवियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरे ।

लगत्तै सन्दिपले नामिबियाका कप्तान बुर्गेरलाई आउट गरेपछि नेपालले छैटौ सफलता हात पारयो । नामिवियाको पारीलाई सम्हाल्न खोजिरहेका जेन फ्रेलिङकलाई शरद भेषवाकरले २२ रनमा आउट गरेपछि घरेलु टिमले ११६ रनमा सातौ विकेट गुमायो ।

त्यसपछि नामिवियाको १३२ रन हुदा ८ विकेट झर्यो । जेन ग्रिनलाई सोमपालले २२ रनमा पेभेलियन फर्काए । बलिङ तर्फ सोमपाल कामी ३ र सन्दिप लामिछानेले समान २ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले कठिन जित हात पार्यो । नेपालले चार बल बाँकि हुदा नौ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथलाई आउट भएपछि पहिलो विकेट गुमायो । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । लन्च लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरीपनि मात्र ६ रनमा आउट भएपछि नेपालले ५० रनमा पाँच विकेट गुमायो । लगत्तै करण केसी पनि ३ रनमा आउट भएपछि नेपालको ब्याटिङ निकै दबावमा आएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक २९ रन बनाए ।

पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका रोहित पौडेल १७ रनमा आउट भएपछि नेपालले १०४ रनमा ८ विकेट खेर फाल्यो । नेपालको स्कोर १२१ रन हुदा सोमपाल कामी १३ रनमा आउट भएपछि नेपालले नवौ विकेट गुमायो । अन्तिममा बसन्त रेग्मीले अविजित २४ रन बनाएपछि नेपालको जित सम्भव भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest