नेपालले आज ओमान विरुद्ध खेल्दै, ब्याटिङमा सुधार्नु निकै आवश्यक

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा एक बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्धन्द्धी रहदै आएका छन ।

२००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसंग १२ रनले पराजित भएको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वक क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो । यो प्रतियोगिता अगाडी ओमानले अमेरीकासंग मैत्रीपुर्ण खेल खेलेको थियो ।

यसका साथै उसले घरमा नै अभ्यास गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिवियामाथि १ विकेटको झिनो जित निकाल्दा ओमान क्यानडासंग ८ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest