ओमान विरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले आज ओमानसँग खेलिरहेको छ ।

नामिवियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्धन्द्धी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो ।

तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसंग १२ रनले पराजित भएको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वक क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्धको खेल अघि नेपालले ओमानसंग खेल्दा २ विकेटको हार ब्यहोरेको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो । यो प्रतियोगिता अगाडी ओमानले अमेरीकासंग मैत्रीपुर्ण खेल खेलेको थियो । यसका साथै उसले घरमा नै अभ्यास गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिवियामाथि १ विकेटको झिनो जित निकाल्दा ओमान क्यानडासंग ८ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest