नेपाल vs ओमान, नेपालको १०० रन पुरा, रोहित र शरदको काँधमा पारीको जिम्मेवारी

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएको छ ।

नामिवियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले आज पनि नामिविया विरुद्धकै प्लेइङ सेटलाई उतारेको छ । तर आज पनि नेपालले सुरुवात राम्रो गर्न सकेन ।

नेपालको स्कोर १० रन हुदा पहिलो विकेट गुमायो । ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । त्यसपछि नेपालको स्कोर ३८ रन हुदा दिलिप नाथ १९ रनमा आउट भए । जसका कारण नेपालले दोस्रो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख मात्र ६ रनमा पेभेलियन फर्किएपछि नेपालले ५३ रनमा ३ विकेट गुमायो । त्यसपछि नेपालले अरु ३ रन जोड्दा पारस खड्काको विकेट गुमायो ।

पारसले १७ रन बनाउदै आउट भए । पारसको स्थानमा क्रिजमा आएका दिपेन्द्रसिह एेरी पनि २० रनमा पेभेलियन फर्किदा नेपालले ९२ रनमा ५ विकेट खेर फाल्यो । लगत्तै नामिवियलाई हराउँदा नायक बनेका बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ९३ रनमा ६ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest