आज सन्दिपले कति विकेट लिन्छन- दिल्ली डेयरडेभिल्सको ट्विट

आइसिसी विश्वक्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।

खेलपछि आइपिएल टिमले नेपालले ओमानलाई दिएको लक्ष्य बारे ट्विट गरेको छ। उसले दिल्लीमा आवद्ध आफ्ना खेलाडी सन्दीप लामिछानेले हिजो नामिबिया विरुद्धको खेलमा ४ विकेट लिएर म्याच अफ दि म्याच भएको उल्लेख गर्दै लेखेको छ , ‘सन्दीपले आज कति विकेट लिन सक्लान ?’

यसअघि नेपालले हिजो भएको खेलमा नामिबियामाथि अन्तिम ओभरमा भएको १ रोमाञ्चक जित हात पारेको थियो। खेलमा सन्दीप लामिछाने म्याद अफ दी म्याच भएका थिए। उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको थियो।

८.२ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिएर १८ रन दिएका थिए।

सन्दीपसँगै बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा नेपालले ४९.२ ओभरमा नामिबियामाथि जीत हात पारेको थियो। १ विकेट बाँकी रहदा अन्तिम ओभरमा ७ रन चाहिएकोमा पहिलो बलमा २ रन तथा दोस्रो बलमा उनले चौका हानेका थिए। तेस्रो बल वाइड भएपछि नेपालले रोमाञ्चत जित हात पारेको हो। बसन्तले २ चौक र एक छक्कासहित २४ रन जोडे।

सन्दीपको बलिङबाट दिल्ली डेयरडेभिल्स समेत प्रभावित भएको थियो। उसले समाजिक सञ्जालमार्फत ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा गरेको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest