मैदान गिलो भएका कारण नेपाल र युएईको खेल सुरु भएन

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई) को सामना गर्दैछ ।

विन्डहक स्थित मैदानमा नेपाली समय अनुशार सवा १ बजे सुरु हुने तय भएपनि मैदानमा जमेकाे पानी नसुकेपछि खेल केही समय ढिला हुने भएकाे हाे ।

अघिल्ला दुई खेलमध्य एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई विश्वकप छनोटको यात्रा सहज बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । यस्तै एकमा जित र एकमा हार ब्यहोरेको युएई पनि जित्नै पर्ने दबाबमा छ ।

यस अघि नेपाल र युएई एक दिवसिय खेलमा १२ पटक आमने सामने भएका छन् । इतिहास हेर्दा नेपाल युएई भन्दा कमजोर रहँदै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest