नेपाल vs युएई, नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए २ बलमा २ विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाल अहिले युएईसंग खेलिरहेको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

३४ ओभरमा झारिएको खेलमा नेपालले युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए ।

त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो । यसपटक पनि नेपाललाई सोमपालले नै विकेट लिए ।

युएईका घुलाम साबेर १६ रनमा आउट भए । त्यसपछि लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest