नेपाल vs युएई, नेपाललाई छैटौ सफलता, सन्दिपको नाममा तेस्रो विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाल अहिले युएईसंग खेलिरहेको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेको नेपालले ३४ ओभरमा झारिएको खेलमा युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो ।

नेपाललाई सोमपालले पहिलो सफलता दिलाए । त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो ।

यसपटक पनि नेपाललाई सोमपालले नै विकेट लिए । युएईका घुलाम साबेर १६ रनमा आउट भए ।

त्यसपछि लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो ।

उसका सइमन अनवर ३० रनमा आउट भए । युएईको स्कोर ७१ रन हुदा नेपालले छैटौ सफलता हात पारयो । यसपटक पनि सन्दिपले नै विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest