डिभिजन २, नेपालको दोस्रो जित, युएई ४ विकेटले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरयो । जितपछि नेपालको शिर्ष २ मा रहने सम्भावना बलियो बनेको छ ।

बर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३१ ओभरमा एक सय १४ रनमा अलआउट भयो ।

३४ ओभरमा झारिएको खेलमा नेपालले युएईको एक रन हुदा पहिलो विकेट लिन सफल भयो । नेपाललाई सोमपालले पहिलो सफलता दिलाए । त्यसपछि युएईको २५ रन हुदा नेपालले दोस्रो सफलता हात पारयो ।

युएईका घुलाम साबेर १६ रनमा आउट भए । त्यसपछि लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो । उसका सइमन अनवर ३० रनमा आउट भए ।

युएईको स्कोर ७१ रन हुदा नेपालले छैटौ सफलता हात पारयो । यसपटक पनि सन्दिपले नै विकेट लिए । त्यसपछि कप्तान पारस खड्काले दुई विकेट लिएपछि युएईले ९५ रनमा आठ विकेट गुमायो ।

उसका अद्नान मुफ्तीले १८ तथा मोहम्मद बोटाले १५ रन बनाए । लगत्तै युएईको एक सय नौ रन हुदा सोमपालले नबौ विकेट लिए । बलिङ तर्फ सन्दिप लामिछाने तीन र सोमपाल कामीले चार विकेट लिए भने पारस खड्काले दुई विकेट हात पारे ।

जवाफमा नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालको ब्याटिङ आज पनि सुरुवात खराव रहयो । नौ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २० रन पुरयाउदा तीन विकेट खेर फाल्यो ।

Points table – Feb 12, 2018

ज्ञानेन्द्र मल्ल पाच रनमा आउट हुदा दिलिप नाथले २ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषवाकर पनि मात्र ३ रनमा आउट भएपछि नेपालले ४६रनमा चार विकेट गुमायो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक प्रहार गरेका छन । एकपछि अर्को विकेट गमुाएको नेपालका कप्तान पारसले ५१ रनको योगदान गरे ।

तर अर्धसतक प्रहार गरेलगत्तै पारस आउट भएपछि नेपालले ७६ रनमा पाँच विकेट गुमायो । त्यसपछि आरिफ शेखले १६ तथा रोहित पौडेलले १२ र सोमपाल कामीले १० रनको योगदान गरे । कप्तान पारस खड्का म्यान अफ द म्याच बने ।

नेपालले भोली आफ्नो चौँथो खेल केन्यासंग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest