आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको छ ।
जारी प्रतियोगितामा नेपाल विरुद्ध पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्ने केन्या पहिलो टिम हो ।
यसअघि नामिविया, ओमान र युएई विरुद्ध नेपालले विपक्षीलाई सुरुवातमा नै दबाव दिएको थियो ।
आज केन्याका ओपनर इरफान करिम र एलेक्स ओबान्डाले राम्रो सुरुवात दिलाए ।