नेपाललाई दोस्रो सफलता, सन्दिपले नै लिए विकेट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको छ । जारी प्रतियोगितामा नेपाल विरुद्ध पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्ने केन्या पहिलो टिम हो ।

यसअघि नामिविया, ओमान र युएई विरुद्ध नेपालले विपक्षीलाई सुरुवातमा नै दबाव दिएको थियो ।

केन्याका ओपनर इरफान करिम र एलेक्स ओबान्डाले राम्रो सुरुवात दिलाए ।

तर केन्याको स्कोर ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओबान्डा ४१ रनमा आउट भए ।

त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपाललाई दोस्रो सफलता हात लाग्यो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest